बाली संरक्षण प्रयोगशाला, झुम्का ,सुनसरीको आधिकारिक वेवपेजमा स्वागत छ।

   कोशी प्रदेश सरकारको उद्योग कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालय मातहत रहने गरी यस बाली संरक्षण प्रयोगशाला स्थापना गरिएको हो।यस प्रयोगशालाको भवन प्रदेश सरकार (मन्त्रीपरिषद्) को मिति २०७९।०५।१२ को निर्णय बमोजिम मिति २०७९।०८।०७ देखि विराटनगर, मोरङ्ग बाट झुम्का, सुनसरीमा स्थानान्तरण भई कार्य सञ्चालन गर्दै आएको छ। कोशी प्रदेशका १४ जिल्लाहरु (ताप्लेजुङ्ग, पाँचथर, इलाम, झापा, मोरङ्ग, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपूर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग र उदयपूर) कार्यक्षेत्र रहने गरी बालीनालीमा देखा परेका विभिन्न कीरा, रोग तथा अन्य समस्याहरुको पहिचान गरी तिनको व्यवस्थापन गर्ने, जैविक विषादीको उत्पादन तथा प्रवर्द्धन गर्ने र जीवनाशक विषादीको प्रयोग, विक्रि वितरण, भण्डारणको अनुगमन, नियमन तथा व्यवस्थापन सम्वन्धि सेवा प्रदान गर्दछ।

पुरै पढ्नुहोस्